सरकार जोगाउने चिन्ता छैन्, दोषी भए मलाई पनि समाते हुन्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सरकार जोगाउन नलागेको बताएका छन् ।
समावादी मोर्चाले आज सुर्खेतमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार कतिसम्म चल्छ भन्ने कुरामा आफुलाई चिन्ता नभएको बताए ।
उनले आफुले राम्रो काम गर्न प्रयास गर्ने बताउँदै त्यसपछि कसले हटाउन सक्ने रहेछ भनेर हेर्ने बताए । उनले सरकार गठन भएको आठ महिनामा राम्रा काम भइरहेका बताए ।
त्यसक्रममा उनले कांग्रेसका केहि नेतालाई लक्षित गरेको कटाक्ष गरे । उनले माओवादीले आफ्ना मान्छे बचाउने र कांग्रेसका मान्छेलाई हान्ने गरेको भन्दै हल्ला गरिएको बताए ।
‘माओवादीले आफ्ना मान्छे बचाउँछ कांग्रेस र एमालेलाई हान्छ भनेर हल्ला गरिएको छ,’ प्रचण्डले भने, ‘मैले सिआइबीलाई दोषी देखिए माओवादीका नेता कसैलाई नछोड, खोज्दै जाँदा बाटोमा प्रचण्ड भेटियो भने पनि नछोड भनेको छु ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया