नेपालले बहराइनलाई १० विकेटले हरायो
काठमाडौं । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट अन्तर्गतको दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको छ ।
मलेसियामा जारी खेलमा शुक्रबार बहराइनले टस जितेर ब्याटिङ रोजेको थियो । बहराइन १५ दशमलव ४ ओभरमा अलआउटभएको थियो । त्यसक्रममा उसले जम्मा ३१ रन बनायो ।
३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि ओपनर कविता कुँवरले १७ र सीता रानामगरले दुई रनको योगदान गरेका थिए । त्यसक्रमा अन्य १४ रन जोडिए ।
बहराइनलाई सस्तैमा समेटन इन्दू वर्माले तीन, खुसी डंगोलले दुई, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक-एक विकेट लिए ।
बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११, इशारा सुहुन, आशा सामिलदिनले ५–५ रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् ।
यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया