फिलिपिन्समा पाँच सैनिक मारिए
एजेन्सी । सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यू पिपुल्स आर्मी (एनपीए) विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएका फिलीपिनी सेनाको दक्षिणी लुजोन कमाण्डका प्रवक्ता डेनिस कानाले बताएका छन् ।
देशका ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएका विद्रोहीविरुद्ध कारवाही गर्न ट्यागकावायन सहरमा गइरहेका बेला उक्त दुर्घटना भएको जनाउँदै प्रवक्ता कानाले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारवाहीलाइ अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताएका छन् ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन् । सैन्य तथ्याङ्कअनुसार एनपीएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन् । सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए ।
क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिष्ट पार्टी एनपीएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया