नेपाल-भारतबीचको खेल हेर्न पत्निसहित रवि श्रीलंका प्रस्थान
काठमाडौं । एसिया कप अन्तर्गत सोमबार हुने नेपाल र भारतको खेल हेर्न नेपालबाट धेरै मानिसहरु श्रीलंका पुगेका छन् ।
२७ बर्षपछि एसिया कप खेल्ने नेपालको सपना पुरा भएपछि क्रिकेटको महाशक्ति देशहरुसंग नेपालले खेल्ने खेल हेर्न राजनीतिज्ञ, खेलाडी र क्रिकेटप्रेमि श्रीलंका पुगेका छन् ।
नेपाल–भारतको खेल भोली दिउँसो सवा ३ बजे सुरु हुने छ । उक्त खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि श्रीलंका उडेका छन् ।
उनी पत्नि निकितासहित श्रीलंका गएको केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए । ‘रवि दाइ निकिता दिदीसहित एसिया कपको नेपाल–भारत म्याच हेर्न श्रीलंकातर्फ,’ बोहोराले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।
यसअघि खेल हेर्नका लागि पुर्व क्रिकेटर शक्ति गौचन पनि पत्निसहति श्रीलंका गएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया