कतार हार्यो, नेपाल सेमिफाइनलमा
काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा कतार नेपालसँग परास्त भएको छ । मलेसियामा जारी खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।
प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।
कतारले ७५ रनको लक्ष्य दिएकोमा नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर त्यसलाई पूरा गर्यो ।
समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा ग-यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् ।
त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् ।
त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन । नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
सन् २०२४ मा वुमन्स विश्वकप हुँदैछ जसमा सामेल हुन एसिया क्षेत्रबाट ११ टोली प्रतिस्पर्धमा छन् । समूह ए र बी गरी दुई समूहमा रहेका यी टिमबाट फाइनलमा जित निकाल्ने देश सन् २०२४ को विश्वकपमा छनोट हुनेछन् । नेपालले फाइनलमा जित निकाल्दै विश्वकप यात्रा तय गर्ने राखेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया