कांग्रेसका कुन्दन काफ्लेले दिए प्रमुख सचेतकबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले उक्त जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका पार्टी संसदीय दलका नेता बहादुर सिंह लामालाई राजीनामा पत्र बुझाएका हुन् ।
काफ्लेले सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको जनाएका छन् ।
प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र जनताको काम गर्न समय अपुग भएकाले यस्तो निर्णय लिएको उनले उल्लेख गरेका छन् ।
‘केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
विद्यार्थी राजनीतिमा लामो समय क्रियाशील काफ्ले गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा निर्वाचित भएपश्चात नेपाली कांग्रेसले उनलाई बागमती प्रदेशसभाको प्रमुख सचेतकको जिम्मेवारी दिएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया