नेपाल र युएई बीचको खेल रद्द, उपविजेता बन्दै नेपाल सेमिफाइनलमा
काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल सुरु नै नभई रद्द भएको छ ।
मलेसियामा जारी खेल वर्षाका कारण रद्द भएको हो । दुवै टोलीले अंक बाँडेका छन् । यसअघि समूह ‘ए’ मा नेपालले लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
नेपाल र युएईको समान ९ अंक भएपनि नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा बन्यो । नेपाल समूह उपविजेता बन्यो ।
नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ ।
सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । प्रतियोगिताको फाइनल खेल शनिबार रहेको छ ।
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया