पोल्याण्ड भर्सेस स्विडेन : लेवान्डोस्की र इब्राहिमोभिचमध्ये एकले विश्वकप नखेल्ने निश्चित
काठमाडौं । आज मध्यराति पोल्याण्ड र स्विडेनबीच फिफा विश्वकप छनोटको निर्णायक खेल हुँदैछ । युरोपियन क्षेत्रको प्ले अफको फाइनलमा यी दुई टोली भिड्दैछन् ।
यो खेल खाली पोल्याण्ड र स्विडेनबीचको प्रतिस्पर्धामा सीमित हुने छैन । किनकि, यो खेलले विश्वकै दुई महान खेलाडी बीचको प्रतिष्ठाको लडाइ पनि हो ।
यो खेलको नतिजाले पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्की र स्विडेनका पूर्वकप्तान जाल्टान इब्राहिमोभिचलाई विश्वकप खेल्न बन्चित गराउने छ ।
यसर्थ, आजको खेल जसले जिते पनि एक महान खेलाडीले विश्वकप खेल्न नपाउने भने निश्चित छ ।
खेल पोल्याण्डमा हुँदैछ । यसर्थ, पोल्याण्डलाई घरेलु मैदानको फाइदा छ ।
यस्तै सेमिफाइनलमा चेक रिपब्लिकलाई हराएकोले स्विडेन पनि उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ । स्विडेन कुनै एक खेलाडीको भरमा छैन ।
यता, पोल्याण्ड भने आफ्ना स्टार खेलाडी लेवान्डोस्कीकै बढी भरमा हुनेछ ।
रुसलाई फिफाले कारवाही गरेपछि पोल्याण्डले भने बाई पाएर फाइनलमा प्रवेश गरेको हो ।
खेल नेपाली समयअनुसार आज राति १२ः३० मा हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया