यो सरकार ढाल्न एमाले प्रयास गर्दैन, आफै ढल्छ: पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।
जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुरमा पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए ।
त्यसक्रममा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले अब मिसन ८४ लिएर आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताएका थिए ।
उनले एमालेले सरकारलाई ढाल्ने प्रयास नगर्ने पनि बताउँदै सरकार स्टण्ट देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा उद्यत रहेको आरोप लगाए ।
सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया