बालोन डे’ओरको मनोनयन सार्वजनिक, रोनाल्डो अटाएनन्
काठमाडौं । बालोन डे’ओर २०२३ अवार्डका लागि ३० खेलाडी मनोनयनमा परेका छन् ।
हरेक वर्ष प्रदान गरिने अवार्डका लागि विगत वर्षझैं यस वर्ष पनि मनोनयन सूची सार्वजनिक गरिएको हो ।
फ्रान्स फुटबल म्यागाजिनले गएराति सार्वजनिक गरेको सूचीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीलगायत खेलाडी परेका छन् । युरोपियन लिग खेल्ने खेलाडीको बोलवाला सूचीमा हुँदा साउदी क्लब अल–नासरबाट खेलिरहेका क्रिष्टियानो रोनाल्नो भने अटाएका छैनन् ।
अब मनोनयनमा परेका खेलाडीमध्येबाट उत्कृष्ट खेलाडी चयन गरिनेछ । गत वर्ष सम्पन्न विश्वकप फुटबलमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीलाई उक्त अवार्डको प्रवल दाबेदारका रूपमा हेरिएको छ । यस पटक पनि उनले उक्त अवार्ड जितेमा यो उनको आठौं अवार्ड हुनेछ ।
अवार्ड आगामी अक्टोबर ३० मा आयोजना गर्ने तय भएको कार्यक्रममा वितरण गरिनेछ ।
महिलातर्फ पनि बालेन डे’ओर अवार्डका लागि ३० खेलाडी मनोनित भएका छन् । जसमा रोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटीलगायत छन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया