कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । यसअघि असोज ६ र ७ का लागि तोकिएको परीक्षाको कार्यक्रम संशोधन गरेर असोज ९ र १० गतेका लागि सारिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले विशेष कारणवश यसअघि तय परीक्षा संशोधन गरिएको जनाएको छ ।
संशोधित परीक्षा कार्यक्रम अनुसार असोज ९ गते अनिवार्य अंग्रेजी र दुई विषय लागेकाको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने बोर्डको संशोधित कार्यतालिकामा उल्लेख छ ।
असोज १० गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्ये सबैभन्दा ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
परीक्षा फाराम शुल्क भदौ २२ गतेभित्र बुझाउनुपर्ने छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर भदौ २९ गतेसम्म बुझाउन सक्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया