कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । यसअघि असोज ६ र ७ का लागि तोकिएको परीक्षाको कार्यक्रम संशोधन गरेर असोज ९ र १० गतेका लागि सारिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले विशेष कारणवश यसअघि तय परीक्षा संशोधन गरिएको जनाएको छ ।
संशोधित परीक्षा कार्यक्रम अनुसार असोज ९ गते अनिवार्य अंग्रेजी र दुई विषय लागेकाको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने बोर्डको संशोधित कार्यतालिकामा उल्लेख छ ।
असोज १० गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्ये सबैभन्दा ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
परीक्षा फाराम शुल्क भदौ २२ गतेभित्र बुझाउनुपर्ने छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर भदौ २९ गतेसम्म बुझाउन सक्ने बोर्डले जनाएको छ ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया