नेपाल थाइल्याण्डसँग पराजित, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सपना अधुरै
काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
थाइल्याण्डसँग ४६ रनले पराजित भएपछि नेपाले ग्लोबल क्वालिफायर पुग्न सकेन । २०२४ मा हुने ग्लोबल टि २० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना अधुरै बनेको छ ।
थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्यमा नेपालले ५९ रन मात्र बनाउन सक्यो । १९.३ ओभरमा नेपाल अलआउट भयो । नेपालका लागि कविता कुँवरले १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे ।
बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३–३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् ।
त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
थाइल्याण्डकी नानापात बोङ्खारोएन्काईले अविजित ५९ रन बनाइन् । चान्थमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया