पूर्वमन्त्री यादवमाथि भएको आक्रमणमा सरकार बोल्यो, प्रवक्ता शर्माले के भनिन् ?
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा सरकारले बोलेको छ ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका यादवमाथि भएको आक्रमण संविधान, कानून र नियमविपरित भएको बताइन् ।
मन्त्री शर्माले अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिइन् ।
‘आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ,’ उनले भनिन्, ‘तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन ।’
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया