NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

चिनियाँ राजदुतको अभिव्यक्ति सरकारले नोटिसमा राख्नुपर्छ: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङलेको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदुतले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको बताए ।

कोईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए ।

उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफुले मात्र राख्ने बताए ।

कोइरालाले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए । उनले आफू वर्षात सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।

कोईरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकलप नभएको स्पष्ट पारे । उनले सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष