दुई करोड बढी धरौटीमा मीनबहादुरलाई रिहा गर्ने आदेश, कसलाई कति ?
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा हुने भएका छन् । उनीसहित अन्य १६ जनालाई आज जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई रिहा गर्ने आदेश दिँदै दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले प्रतिवादी केशव तुलाधारबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । अन्य १६ जनालाई पनि धरौटीमा छोड्न आदेश दिइएको छ ।
कोसँग कति धरौटी ?
जिल्ला अदालतले कलाधार देउजा र विनोदप्रसाद पौडेललाई १५ लाख रुपैयाँ धरौटी तोकेको छ । त्यस्तै, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, गोपाल कार्की, धमनकुमार कार्की, योगराज पौडेल, नारायण मिश्र, अरुणकुमार श्रेष्ठ, लोकहरी घिमिरेलाई ७ लाख ५० हजार धरौटी मागे गरेको छ ।
अन्य प्रतिवादीहरू शिवजी भट्टराई र ध्रुवप्रसाद अर्याललाई ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकिएको छ भने बाबुराजा महर्जन। देवनारायण। सकलानन्द, संजय महर्जनलाई एक लाख १० हजार रूपैयाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया