पाकिस्तानी बलर अफ्रिदीले भारतीय बलर बुमराहलाई दिए बाबु बनेकोमा बधाईसहित उपहार
काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहलाई बाबु बनेकोमा बधाई दिँदै उपहार प्रदान गरेका छन् ।
आइतबार एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीच भएको सुपर फोर खेलपछि मैदानबाट बाहिरिनेक्रममा जसप्रितलाई बधाई दिँदै उपहार दिएका हुन् ।
कोलम्बोमा हिजोको खेल भने वर्षाका कारण प्रभावित भएको थियो । उक्त खेल आज फेरि हुँदैछ । अफ्रिदीले बुमराहलाई उपहार दिएको भिडियो पाकिस्तान क्रिकेटले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको छ ।
उक्त भिडियोलाई अफ्रिदीले पनि सेयर गरेको छन् । भिडियो अहिले भाइरल बनेको छ । बुमराह गत सोमबार पिता बनेका थिए ।
भारत पाकिस्तानबीचको खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । अब यो खेल आज दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
Love and peace. Congratulations @Jaspritbumrah93 and family on the birth of your child. Prayers for the entire family. We battle on the field. Off the field we are just your regular humans. pic.twitter.com/SyHtK7wfvA
— Shaheen Shah Afridi (@iShaheenAfridi) September 10, 2023
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया