कांग्रेस रुपान्तरण अभियानकर्मीको आचारसंहिता, होटेल नबस्ने, रक्सी नपिउने
काठमाडौं । नेपाली कांग्रेसको रुपान्तरण अभियानको दोश्रो चरणको कार्यक्रम आइतबारबाट सुरु भएको छ ।
बीपी जयन्तीको अवसरमा यो अभियान काभ्रेको धुलिखेलबाट प्रारम्भ भएको हो ।
मंसीरमा हुन गइरहेको महासमिति बैठकलाई नीतिगत र सांगठनिक हिसावले रुपान्तरणका मुद्दाका पक्षमा परिणामदायी बनाउने लक्ष्य बोकेको यो अभियानले देशभरका १ सय ६५ प्रतिनिधिसभा क्षेत्रमा पुग्ने भएको छ ।
८ बुँदे आचारसंहिता घोषणा
अभियन्ताहरुले आफ्नो ८ बुँदे आचारसंहिताको घोषणा पनि गरेका छन् ।
अभियानका क्रममा जिल्ला भ्रमणमा जाँदा महंगो होटेलमा नबस्ने, पार्टी सदस्यहरुको घरपरिवारमा बस्ने, तडकभडक खर्चिलो यात्रा नगर्ने, माला–खादाको प्रयोग नगर्ने रहेका छन् ।
यस्तै, मदिरा सेवन नगर्ने, तोकिएको समय मै कार्यक्रम आरम्भ गर्ने, विषयकेन्द्रित मन्तब्य मात्र राख्ने तथा संवोधन संक्षिप्त गर्ने आदि आचारसंहितामा समेटिएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया