नेपाल टेलिकमले ल्यायो ‘तीजको लहर टिकटक च्यालेन्ज, विजेताले ४० हजार पाउने
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।
टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । टेलिकमका अनुसार उक्त प्रतियोगिता विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ ।
च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्रदान गरिने छ । भाद्र २४ देखि सुरु भएको तीजको लहर टिकटक च्यालेन्जमा असोज ७ गते सम्म सहभागी हुन सकिने छ ।
त्यसैगरी, सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई पाँच सयको टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अघिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया