‘आँखामा राखे पनि नबिझाउने’ मित्र गुमाएँ: पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुख व्यक्त गरेका छन् ।
संविधानसभाका अध्यक्ष, पूर्व सभामुखसमेत रहेका नेम्बाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत भएको भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
भट्टराईले नेम्बाङलाई आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छेको निधनले देशले ठूलो क्षति व्यहोरेको उल्लेख गरेका छन् ।
उनले आफुले आत्मीय मित्र गुमाएको भन्दै नेम्बाङप्रति श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना व्यक्त गरेका छन् ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया