‘आँखामा राखे पनि नबिझाउने’ मित्र गुमाएँ: पुर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनप्रति दुख व्यक्त गरेका छन् ।
संविधानसभाका अध्यक्ष, पूर्व सभामुखसमेत रहेका नेम्बाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत भएको भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
भट्टराईले नेम्बाङलाई आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छेको निधनले देशले ठूलो क्षति व्यहोरेको उल्लेख गरेका छन् ।
उनले आफुले आत्मीय मित्र गुमाएको भन्दै नेम्बाङप्रति श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना व्यक्त गरेका छन् ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्बाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया