भौतिक पूर्वाधारका ९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उप महानिर्देशकसहित नौ जना सहसचिवको सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशकसहित मन्त्रालयका महाशाखा, केन्द्र तथा आयोजनालगायतमा कार्यरत सहसचिवको सरुवा गरेका हुन् ।
मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाएको छ ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा पठाइएको छ ।
यस्तै यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी उद्धबप्रसाद रिजाललाई दिएको छ । यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराई ११ साउनमा सरुवा भएर गृह मन्त्रालय पुगेका थिए ।
यसैगरी पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका उनको जिम्मेवारी खोसिएको छ ।
त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख बनाएर पठाइएको छ ।
यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराका प्रमुख ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा उपमहानिर्देशकमा सरुवा गरिएको छ ।
उत्तर दक्षिण तथा व्यपारिक मार्ग विस्तार आयोजनाको प्रमुख रहेका श्यामबहादुर खड्कालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार मौवारलाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकमा पठाइएको छ । हुलाकी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख शुभराज न्यौपाने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा सरुवा भएका छन् ।
त्यस्तै उपमहानिर्देशक कुवेर नेपालीलाई सडक विभागको पुल आयोजना समन्वयकर्ताबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा जिम्मा दिइएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया