दिवंगत नेता नेम्बाङको अन्त्येष्टि अहिले ११ बजे, यस्तो छ शवयात्राको रुट
काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङको आज (बिहीबार) अन्त्येष्टि गरिने भएको छ । मंगलबार निधन भएका नेता नम्बाङका दुई छोरा विदेशमा भएकाले दुई दिनपछि उनको अन्तिम संस्कार गर्न लागिएको हो ।
यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी कार्यालय र त्यहाँबाट निजी निवास लगिएको थियो ।
नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेता नेम्बाङको अन्त्येष्टि गरिने जानकारी दिए ।
गत मंगलबार बिहान हृदयघातका कारण निधन भएका उनलाई राजकीय सम्मान दिने निर्णय यसअघि नै सरकारले गरेको छ । संविधानसभाका अध्यक्ष नेम्बाङको सम्मानमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।
यस्तो छ शवयात्राको रुट
नेम्बाङको शवयात्रा निजीनिवासबाट सुरु भएर महाराजगञ्ज, चाबहिल हुँदै अघि बढ्नेछ ।
रिमालका अनुसार, निजी सवारी साधन लिएर पनि शवयात्रामा सहभागी हुन सकिनेछ । त्यसका लागि धुम्बाराही शंख पार्कबाट पार्थिव शरीर राखिएको गाडीको पछि जाने व्यवस्था मिलाइएको छ ।
पैदल शवयात्रामा जोडिन चाहनेहरूलाई भने गौशाला चोकको पशुपति तर्फजाने सडकबाट सहभागी हुन सक्नेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया