दिवंगत नेता नेम्बाङको अन्त्येष्टि अहिले ११ बजे, यस्तो छ शवयात्राको रुट

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङको आज (बिहीबार) अन्त्येष्टि गरिने भएको छ । मंगलबार निधन भएका नेता नम्बाङका दुई छोरा विदेशमा भएकाले दुई दिनपछि उनको अन्तिम संस्कार गर्न लागिएको हो ।
यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अस्पतालबाट एमाले पार्टी कार्यालय र त्यहाँबाट निजी निवास लगिएको थियो ।
नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेता नेम्बाङको अन्त्येष्टि गरिने जानकारी दिए ।
गत मंगलबार बिहान हृदयघातका कारण निधन भएका उनलाई राजकीय सम्मान दिने निर्णय यसअघि नै सरकारले गरेको छ । संविधानसभाका अध्यक्ष नेम्बाङको सम्मानमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।
यस्तो छ शवयात्राको रुट
नेम्बाङको शवयात्रा निजीनिवासबाट सुरु भएर महाराजगञ्ज, चाबहिल हुँदै अघि बढ्नेछ ।
रिमालका अनुसार, निजी सवारी साधन लिएर पनि शवयात्रामा सहभागी हुन सकिनेछ । त्यसका लागि धुम्बाराही शंख पार्कबाट पार्थिव शरीर राखिएको गाडीको पछि जाने व्यवस्था मिलाइएको छ ।
पैदल शवयात्रामा जोडिन चाहनेहरूलाई भने गौशाला चोकको पशुपति तर्फजाने सडकबाट सहभागी हुन सक्नेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया