नेकपा एसको केन्द्रीय सदस्यमा सुदेश पराजुलीसहित २१ जना मनोनीत (सूचीसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वबाट बिदा सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
केही महिनाअघि पराजुली विद्यार्थी संगठनको नेतृत्वबाट बिदा भएका थिए । त्यसपछि संगठनको नेतृत्व आरती लामाले गरिरहेकी छन् ।
एकीकृत समाजवादीले सुदेशसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनित हुनेमा बाजुराका अजबहादुर मल्ल, भक्तपुरका ओमचरण अमात्य, काठमाडौंबाट पराजुली, गौतम राई, दिपक केसी, नन्द बञ्जाडे, रामप्रसाद ढुङाना र शिवकुमारी खनाल रहेका छन् ।
यस्तै मकवानपुरबाट गोविन्द चेपाङ, र मिना लामालाई केन्द्रीय सदस्य मनोनित गरिएको छ । यस्तै अन्यमा झापाका चन्द्रा श्रेष्ठ, सुनसरीका चिरञ्जीवी भट्टराई, बाराका जयप्रकाश यादव, दोलखाबाट धनबहादुर कार्की, मुगुका धर्म शाही रहेका छन् ।
यस्तै दैलेखबाट बरुनाथ योगी, पर्वतबाट बैकुण्ठ भुसाल पाँचथरबाट भक्तिमान सुब्बा, कपिलवस्तुबाट लंक हमाल, नवलपरासी पूर्वबाट शालिकराम भट्टराई र रूपन्देहीबाट शैलेन्द्र उपाध्याय मनोनित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया