पाकिस्तानविरुद्ध श्रीलंकाले निकाल्यो दबावपुर्ण जित, फाईनलमा आइतबार भारतसँग भिड्दै
काठमाडौं । एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको छ ।
शुक्रबार बिहान सम्पन्न प्रतियोगिता अन्तर्गतको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै श्रीलंका फाइनल पुगेको छ । बर्षाका कारण प्रभावित बनेको खेल ४२ ओभरमा झारिएको थियो ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले २ सय ५२ रनको लक्ष्य पछ्याएको थियो । किस्तानले दिएको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरमा पुरा गर्दै २ विकेटले विजयी भयो । श्रीलंकाले निकै दबाबपुर्ण जित निकालेको हो ।
श्रीलंकाले पाकिस्तानलाई हराउन अन्तिम २ बलमा ६ रन आवश्यक थियो । स्ट्राइकमा थिए, चरिथ असलंका । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका हुन् ।
श्रीलंकाका लागि कुसल मेन्डिसले ९१, सदिरा समराविक्रमाले ४८ रन बनाए । चरिथ असलंका ४९ रनमा अविजित रहे ।
पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ तथा शादब खानले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित ८६ रन बनाउदा अब्दुल्ला शफिकल ५२ रन बनाए । ईफ्तिखार अहमदले ४३ तथा कप्तान बाबर अजामले २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए ।
एसिया कपको फाइलन खेल आइतबार हुँदैछ । यसअघि समूह ए बाट भारत एक खेल अगाबै फाइनल पुगिसकेको छ । साबिकको विजेता श्रीलंकाले आईतबार भारतसँग उपाधीका लागि खेल्ने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया