२० वर्षे युवकको डरलाग्दो अपराध
काठमाडौं । चिनियाँ अपराधिक समूहसँग मिलेर सयौं भारतीयलाई ठगी गरेको आरोपमा २० वर्षिय मनोज थापा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई कीर्तिपुर बस्ने उनले आफ्नो डेराबाटै कल सेन्टरको धन्दा चलाई भारतीयहरुलाई ऋणको प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।
थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीसँग २७ वटा नागरिकता र दुई हजार सात सय एनसेलका सिमकार्ड बरामद गरेको छ । तीनै सिमकार्ड दुरुपयोग गरी मोबाइल एपमार्फत ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई परिचालन गर्ने चिनियाँ गिरोहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू
-
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
-
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत


प्रतिक्रिया