गठबन्धनलाई पाँच किलोको ढकसँग तुलना गर्दै ओलीले भने– क्विन्टलसँग चुनाव लड्ने आँट छ ?
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दललाई पाँच किलोको ढकको संज्ञा दिएका छन् ।
बुधबार व्यवसायी एवं एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुर सूर्यविनायकमा सञ्चालन गरेको हरितगृह थोक तरकारी बाजार उद्घाटन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन् ।
‘तराजुको तुलामा जोख्ने हो भने एकातिर गठबन्धन दल एक–एक किलाको ढक रहेको छ । एमाले एक क्विन्टलको ढक हो’, उनले भने, ‘कहाँको एक क्विन्टलको ढक कताको एक–एक किलाको पाँच किलोको ढक ? आगामी चुनावमा एमालेसँग सिंगल भिड्न कसैले आँट नगरे हुन्छ ।’
नेपाललाई तीव्र विकासको बाटोमा डो¥याउने काम आफ्नो नेतृत्वको सरकारले गरेको दाबी गर्दै उनले आगामी दिनमा एमालेले अत्याधिक बहुमत ल्याएर नेपालीको सुखी र समृद्धिको सपना पूरा गर्ने जिकिर गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया