अझै २० वर्ष सक्रिय राजनीति गर्छु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय राजनीति गर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
विगतमा अस्वस्थ भए पनि अहिले शरीरमा कुनै समस्या नरहेको उनले बताए ।
‘अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ,’ उनले भने । २० वर्ष सक्रिय रहनुको अर्थ २० वर्ष नै देशको नेतृत्वमा रहन्छु भन्ने नभएको उनको भनाइ छ । नेतृत्व गर्न चाहनेलाई सक्रिय राजनीतिमा रहेर सहयोग गर्ने उनले बताए ।
बाँचुन्जेल पदमा टाँसिरहने प्रवृत्तिको आफू विरोधी रहेको उल्लेख गर्दै उनले त्यसलाई तोड्ने बताए ।
मान्छे बाचुन्जेलसम्म पद छाड्न नखोज्ने प्रवृत्ति छ । पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई मैले सचेतनापूर्वक तोड्न चाहन्छु,’ उनले भने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया