धान व्यवस्थापनका लागि सरकारले सहकारीहरूलाई व्यवस्थापन खर्च दिने
काठमाडौं । सरकारले कृषकहरूबाट उत्पादित धान तोकिएको न्यूनतन समर्थन मूल्यमा खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत उपलब्ध गराइने उक्त व्यवस्थापन खर्चका लागि ईच्छुक सहकारी संस्थाहरुले जिल्लास्थित परियोजना कार्यान्वयन एकाइमा सूचीकृत हुनुपर्ने छ ।
कृषि तथा पशुपन्छी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन एकाइले आइतबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धानको प्रति क्विन्टल रु. ३१९८ र मध्यम धानको प्रति क्विन्टल रु. ३३६२ न्यूनतम मूल्य निर्धारण गरेको छ । ईच्छुक सहकारी संस्थाहरूले सोही मूल्यमा किसानबाट धान खरिद गर्नुपर्नेछ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया