शिक्षा विधेयकका केही बुँदाहरू स्वीकार्य छैनन्, संसदमा कुरा राख्छु: महामन्त्री शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक यथास्थितीमा स्विकार गर्न नसकिने बताएका छन् ।
झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यो विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पारेका हुन् ।
महामन्त्री शर्माले यस विषयमा आफुले संसदमा उठाउन बताए । उनले शिक्षा विधेयको विरोध नगर्ने भन्दै केही बुँदाहरू भने स्वीकार्य नहुने बताएका हुन् ।
संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उनको जोड छ । संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि आफु शिक्षकहरूसँगै सङ्घर्षमा रहने उनले बताए ।
पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको भन्दै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया