सरकारले भन्यो- चिकित्सक संघका पदाधिकारीसँग वार्ता भइरहेको छ
काठमाडौं । सरकारले चिकित्सक संघका पदाधिकारीसँग वार्ता भइरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग आज बिहान ११ बजेबाट वार्ता सुरु गरिएको र छलफलका माध्यमबाट विवादको समाधानको पहल भइरहेको जनाएको छ ।
संघका पदाधिकारीसँग वार्ताका लागि मन्त्रालयले भदौ २९ गते मन्त्रीस्तरिय निर्णयले स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
समितिमा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेका छन् । मकवानपुरको हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले आजबाट देशभर आन्दोलन थालेका छन् ।
गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकलाई चितवनमा मृत्यु भएका बिरामीबारे आफन्तहरुले कुटपिट गरेका थिए ।
स्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको हो ।
डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग पनि संघले राखेको थियो ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया