एमालेविरूद्ध गठबन्धन गर्नु छनोट होइन, बाध्यता हो : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन छनोट नभइ बाध्यता भएको टिप्पणी गरेका छन् ।
बुधबार स्थानीय तहको निर्वाचन प्रतिबद्धतापत्र तयारी कार्यशालालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष कमरेड केपी शर्मा ओलीले गठबन्धनका बारेमा टिप्पणी गरेका हुन् ।
‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ’, उनले भने, ‘एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ? तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुनिश्चित छ ।’
ओलीले एमालेले गरेको विकास निर्माणका कामलाई गाउँ–गाउँमा लिएर जान जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । चुनावी घोषणा तयारी गर्नका लागि अध्यक्ष ओलीले देशभर ७५३ स्थानीय तहका जनप्रनिनिधिसँग भर्चुअल छलफल गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया