आक्रामक बन्दै अख्तियार, ८ लाख घुस खाने ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता
काठमाडौँ । कैलालीस्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा कालिका निम्नमाध्यामिक विद्यालयका शिक्षक कमल बहादुर शाही सहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित मुद्धा दायर गरेको छ ।
शाही सामुदायिक वनको अध्यक्ष भएको समयमा समूहको कोषको रकम विद्यालयलाई अनुदान उपलव्ध गराएको देखाएर विद्यालयको खाताको रकम हिनामिना गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य सचिव जनक बहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
वन उपभोक्ता समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको ८ लाख रुपैयाँ कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले समिलका मालिक रमेश थापालाई उपलव्ध गराई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कारबाही माग गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया