देउवालाई शेखरको चेतावनी- एक्लौटी गरे नयाँ ढंगले अगाडि बढ्छौँ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सुधार गर्न चेतावनी दिएका छन् ।
आफु पक्षका केहि नेताहरुलाई साथ लिएर कोइराला सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।
त्यसक्रममा कोइरालाले देउवासँग पछिल्लो समय भइरहेका गतिविधिहरु एक्लौटी भएको भन्दै अशन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।
पार्टीका बिभिन्न भ्रातृ संस्था, विभाग लगाएतमा देउवाले एक्लौटी गरेको आरोप इतरपक्षले लगाउदै आएको छ । कोइरालाले सरकार विषयमा पनि देउवाको ध्यानाकर्षण गराए ।
उनले कोशी प्रदेशका विषयमा पनि कुरा राखेका थिए । कोइरालाले अब पनि एकलौटी चले आफूहरु नयाँ ढंगले अगाडि बढ्ने चेतावनी दिएका थिए ।
जवाफमा देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए । कांग्रेस केन्द्रीय समिति बैठक भोलीबाट सुरु हुँदैछ ।
बैठकमा उठाउने एजेण्डा लगाएतका विषयमा इतरपक्षले हिजो भेला गरेका थिए । भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया