आजदेखि साफ यू–१९ च्याम्पियनसिप, नेपालले पाकिस्तानसँग खेल्ने
काठमाडौं । पाँचौँ संस्करणको साफ यू–१९ च्याम्पियनसिप फुटबल आज बिहीबार देखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । साफ क्षेत्रको उमेर समूहको प्रतियोगिता नेपालमा सुरु हुन लागेको हो ।
नेपालले बिहीबार साँझ ५: ३० बजे पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बिहीबार नै पहिलो खेलमा दिउँसो १ : ३० बजे भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।
नेपाली टिम जियारत शेखको कप्तानीमा मैदान उत्रनेछ । सुनिल श्रेष्ठ नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन् । यू–१९ को फुटबल टिमलाई राष्ट्रिय टिम निर्माणको महत्वपुर्ण आधार मानिन्छ ।
नेपाल र भारतले समान दुईपटक साफ यू–१९ उपाधि जितेका छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया