सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता, के भयो निष्कर्ष ?
काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुसँग सरकार वार्तामा बसेको छ ।
बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।
आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।
वार्तामा गृहमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् । यद्यपी, शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने अडान राखेका छन् ।
विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । शिक्षकहरुको आन्दोलनका कारण देशभरका पठनपाठन प्रभावित भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया