विजय अर्याल र बेनिशा पौडेलको आवाजमा ‘न्यानो साथ’

काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ ।
अर्यालसहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ । गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो ।
भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ । भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।
विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा अर्यालले वेनिशासंग मिलेर आवाज दिएका छन्। गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया