सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल
काठमाडौं । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने एक किशोरीलाई जेल सजायको फैसला सुनाइएको छ ।
आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएकी एक किशोरीलाई जिल्ला अदालत, अछामले साढे तीन वर्ष जेल सजाय सुनाइएको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले यस्तो फैसला गरेको हो ।
अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीले गत माघ १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
माघ १५ गते विवाह गर्न माग्न आएको पुरुषले आफूमाथि बलात्कार गरेको भन्दै ती किशोरीले उजुरी दिएकी हुन् ।
तर, अनुसधानपछि उनीहरूबीच सहमतिमा यौन सम्पर्क भएको पुष्टि भएको छ । त्यसपछि ती पुरुषले सफाइ पाएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया