२६ कोरोना सङ्क्रमित थपिए
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा कुनै पनि छैनन् । शून्य सङ्क्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७।७ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया