क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं । किशोरी बलात्कारको अभियोग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज जिल्ला अदालत काठमाडौंमा हुने भएको छ ।
यसअघि पटक–पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको सुनुवाइ आजका लागि तय गरिएको हो ।
गत साता सन्दीपविरुद्धको मुद्दाको पेशी न्यायाधीश अभावको कारण जनाउँदै स्थगित भएको थियो ।
पीडित किशोरी गौशाला-२६ को वैयक्तिक विवरण खुल्ने विभिन्न कागजात मगाएको अदालतले त्यो प्राप्त भइसकेपछि पनि फैसला गर्न विलम्ब गर्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया