नदी उत्खननका क्रममा खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु
काठमाडौं । ढुंगा, बालुवा उत्खननका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा एक बालकको मृत्यु भएको छ ।
धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बटेश्वर गाउँपालिका–१, धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धीरज कुमार महतोको मृत्यु भएको हो ।
शनिबार दिउँसो आफ्ना साथीहरूसँग बिगही खोला पुगेका धीरज उनीहरूसँगै खाल्डोमा नुहाउन पसेका थिए । स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने प्रयास गरे पनि बीचमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान थालिएको जनाएको छ ।
ताजा अपडेट
-
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी हुने
-
सिरोहियालाई धनुषा पु-याइयो, म्याद थपका लागि आज अदालत लगिँदै
-
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
-
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
-
सेक्युरिटी प्रेस खरिदमा विकललाई २ वर्ष कैद र २५ करोड जरिवाना
प्रतिक्रिया