आज चीन जाँदै नेपाली क्रिकेट टोली, सन्दीप के गर्छन् ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज चीन जाने भएका छन् । एसियाली खेलकुदमा सहभागिताका लागि नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।
नेपाली क्रिकेट टोली आइतबार मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत चीन जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले एसियाली खेलकुदमा भाग लिन जाने खेलाडीलाई आइतबार बिहान बिदाई गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली क्रिकेट टोलीको बिदाई गरेका हुन् ।
किशोरी बलात्कार आरोपमा अदालतमा मुद्दा खेपेका सन्दीप लामिछाने भने आज नजाने भएका छन् । सन्दीपविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले आजै पेशी तोकेको छ ।
अदालतको निर्णय हेरेर सोमबार उनलाई चीन पठाउने क्यानको तयारी छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया