सन्दीपविरूद्धको मुद्दामा आज पनि सुनुवाइ स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई स्थगित भएको छ ।
लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण मुद्दा पेशी नचढी स्थगित भएको हो ।
सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट मुद्दाको टुंगो लगाउन आदेश दिएको भएपनि सन्दीपको मुद्दामा पटक पटक सुनुवाइ स्थगित हुँदै आएको छ ।
यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार अदालतमा गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया