देउवालाई प्रदीपको प्रश्न- भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ?
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललेपार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता पौडेलले प्रश्न गर्दै भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नकालागि म आग्रह गर्न चाहान्छु । ‘सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ?’
बैठकमा पौडेलले सरकारमा बस्नुलाइ मात्र उपलब्धि मान्न नसकिने बताए । कांग्रेस सरकारमा बस्दा पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्नेमा जोड दिदै उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।
पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढ्दा पनि अनुगमन नभएको उल्लेख गरे । उनले पार्टीबाट मन्त्री बनेकाहरूले जनताको पक्षमा नतिजा दिखिने गरि काम गर्नुपर्नेमा जोड दिए ।
उनले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै आलोचना गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन, साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् , सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया