मेक्सिको र अमेरिकाले विश्वकपमा स्थान बनाए, कोस्टारिका प्लेअफमा

काठमाडौं (एजेन्सी) । मेक्सिको र अमेरिका सन् २०२२ मा अमेरिकामा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । गएराति भएको खेलमा दुवै देशले स्थान सुरक्षित गरेका हुन् ।
मेक्सिको एलसाल्भाडोरलाई २–० ले हराउन सफल भएको छ । मेक्सिकोका लागि युरियल एंटुना र राउल जाइमेन्जले क्रमशः १७ र ४३ मिनेटमा १/१ गोलको योगदान गरे ।
अमेरिका भने कोस्टारिकासँग २–० ले पराजित भएको छ । तथापि, अमेरिका विश्वकपमा छनोट भएको छ ।
अमेरिकालाई हराएको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा स्थान बनाएको छ । उसले अब ओसियाना क्षेत्रका देशसँग प्रतिस्पर्धा गर्नेछ । त्यहाँ मात्रै एक खेल जितेमा पनि ऊ विश्वकपमा छनोट हुनेछ ।
त्यसैगरी, पानामा सँग १–० ले हार्नुका बाबजुद क्यानडा अब उत्तरअमेरिका, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको शीर्ष स्थानमा रहन सफल भएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया