त्रिविका दुई प्राध्यापकलाई ३५ दिने स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक सह–प्राध्यापक र एक उप–प्राध्यापकलाई स्पष्टीकरण सोधेको छ । बिदा स्वीकृत नगरी लामो समयसम्म गैरहाजिर रहेपछि त्रिविले पुल्चोक क्याम्पसका सह–प्राध्यापक डा. निर्मल पौडेल र उप–प्राध्यापक दीपेश लम्साललाई ३५ दिने स्पष्टीकरण सोधेको हो ।
त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० विपरीत कार्य गरेपछि डा. पौडेल र लम्साललाई यसअघि १५ दिने स्पष्टीकरण सोधिएको थियो । उक्त अवधिभित्र दुवै जना सम्पर्कमा नआएपछि त्रिविले पुनः ३५ दिने स्पष्टीकरण सोधेको हो ।
त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम उल्लंघन गरेर लामो समयसम्म कार्यालयको सम्पर्कमा नरहेका डा. पौडेल र लम्साललाई सेवाबाट किन नहटाउने भनेर ३५ दिने स्पष्टीकरण सोधिएको जनाएको छ ।
२०७२ जेठ २५ मा ३६ दिनको आधा तलबी बिदा लिएर बसेका डा. पौडेल हालसम्म पोस्टिङ रहेको क्याम्पसमा अनुपस्थित छन् ।
लम्साल ५ जेठ ०७१ मा विद्यावारिधि अध्ययन प्रयोजनार्थ बिदा बसेका थिए । पटक–पटक अध्ययन बिदा थप गरेका लम्सालले पछिल्लो पटक ७ जेठ ०७५ मा थप १ वर्ष अध्ययन बिदाका लागि आवेदन पेश गरेका थिए । तर उनले सोका लागि आवश्यक कबुलयितनामालगायत प्रक्रिया पूरा नगरेको त्रिविले जनाएको छ ।
त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा कुनै पनि शिक्षक तथा कर्मचारी बिदा स्वीकृत बेगर ९० दिन बढी बसेमा कारबाही प्रक्रिया अघि बढाउने नियम छ । यही प्रावधानअनुसार त्रिविले गैरजिम्मेवार कार्य गर्ने कर्मचारी तथा शिक्षकलाई कारबाही गर्दै आइरहेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया