सांग्रिला बैंकका ग्राहक, कर्मचारी र शेयरधनीले सेल्सबेरीमा छुट पाउने

काठमाडौं । अब सांग्रिला विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा शेयरधनीले सेल्सबेरीमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच आज सम्झौता भएको छ ।
आज भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद जस्तै खाद्यान्नमा दुई प्रतिशत, पेय पदार्थमा दुई प्रतिशत, फ्रोजन खानेकुरमा तीनदेखि पाँच प्रतिशत, डेरी तथा फ्रेस प्रोडक्ट्समा दुई प्रतिशत, पर्सनल केयरमा तीन प्रतिशत, घरायासी सामाग्रीमा पाँचदेखि १२ प्रतिशत र लुगा/कपडामा २० देखि २५ प्रतिशत छुट सुविधा दिनेछ ।
यसबाट बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया