NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

फुटपाथ ब्यवसायीको उचित ब्यवस्थापन सम्भव छ, गरिब जनतालाई दुःख दिनु हुदैनः महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अभियन्ता ईः ले उठाएका माग पुरा गर्न काठमाडौं महानगरलाई आग्रह गरेका छन् ।

काठमाडौ उपत्यकाका सडक छेउका ब्यवसायीहरुको उचित ब्यबस्थापनका लागि भैरहेको ईः आन्दोलनमा ऐक्यबद्धता जनाउदै नेता महरले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमा अभियान्ताहरुसँग भेटेको तस्विर सेयर गर्दै महरले फुटपाथ ब्यवसायीहरुको उचित ब्यवस्थापन सम्भव रहेको उल्लेख गरेका हुन् ।

उनले महानगरले यसको यथाशक्य छिटो समाधान खोज्नु जरुरी रहेको भन्दै गरिब जनतालाई दुःख दिन नहुनेमा जोड दिए ।

यसअघि अभियन्ता ईः को प्रदर्शनमा साथ दिन नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउन ईः लगायत अभियन्ताहरू विगत एक सातादेखि राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।

आज बिहान ईः लगायत अभियन्तालाई उपमेयर डंगोलले पनि भेटेकी थिइन् । अहिले महानगरपालिकाका प्रतिनिधि र अभियन्ता ईः का टोलीहरुबीच वार्ता जारी छ ।

अभियान्ता ईः सँग वार्ता गर्न महानगरले वार्ता टोली बनाएको थियो । वार्तामा महानगरपालिकाका तर्फबाट प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष