सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । लगातार घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ बढेर ९८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाल सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार तीन सय पचास रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार छापावाल सुन तोलामा एक हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया