नेल्सन मन्डेलाकी नातिनी जोलेकाको ४३ वर्षको उमेरमा निधन
काठमाडौं । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको ४३ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सरका कारण निधन भएको जनाइएको छ ।
नेल्सन मन्डेला फाउन्डेसनले एक वक्तव्य जारी गर्दै जोलेकाको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
‘जोलेकाले सोमबार साँझ परिवार र साथीहरूको बिच अन्तिम श्वास लिइन्,’ उनको सामाजिक सञ्जाल इन्सटाग्राममा सेयर गरिएको सन्देशमा लेखिएको छ ।
यसअघि उनले सामाजिक सञ्जालमा क्यान्सरसँग आफ्नो लडाइँको बारेमा जानकारी दिएकी थिइन् । सन् २०१० मा उनकी छोरी १३ वर्षीया जेनानीको कार दुर्घटनामा निधन भएको थियो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया