उपाध्यक्षका बाबु बिते, गाउँपालिकाभर शोक बिदा !

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असोज १० गते अर्थात् हिजो सबै कार्यालय, शैक्षिक संस्था बन्द रहे ।
गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका पिताको निधनमा गाउँपालिकाले शोक बिदा दिएको हो ।
उपाध्यक्ष आङ्बुहाङका पिता दिलबहादुर आङ्बुहाङको असोज ९ गते राति निधन भएको थियो । सोही कारण सूचना जारी गर्दै गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यलय, शैक्षिक संस्था र स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) मा शोक बिदाको घोषणा गरेको थियो ।
यद्यपि, गाउँपालिकाको यो निर्णयको सामाजिक सञ्जाललगायतमा आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु
-
बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश
-
संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी
-
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
प्रतिक्रिया