प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार, सिडिओ हुँदा मुद्दा !
काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बहाल रहँदा गरेको भ्रष्टाचार प्रकरणमा खोटाङका बहालवाला प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडाविरुद्ध अख्तियारले ७ साउनमा मुद्दा दायर गरेको छ ।
विद्युत्को पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा लागेपछि उनी निलम्बनमा छन् । खतिवडासँगै नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह तथा भण्डारण प्रमुख वीरबहादुर राई, सिद्धिचरण नगरपालिका– १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकी, नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला र कोषाध्यक्ष गोठीमाया मगरलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
आरोपितहरूले खरिद नै नगरिएको पोल तथा विद्युतीय सामग्रीको बिल पेस गर्न लगाएर भुक्तानीका लागि सिफारिस तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी–गराई त्यसका आधारमा चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया